काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा २९ जना, भक्तपुरमा ११ जना र ललितपुरमा १३ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल चैत ४ गते बुधबार, १७:५८