काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ८७ जना महिला र ११० पुरुष गरी कूल १९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १६० जना, भक्तपुरमा ११ जना र ललितपुरमा २६ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४७५ जना, भक्तपुरमा १०७ जना र ललितपुरमा १४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ५७१ जना, भक्तपुरमा १२८ जना र ललितपुरमा ३२३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९४ हजार ५६२ जना, भक्तपुरमा ८ हजार ६८३ जना र ललितपुरमा १४ हजार ८६१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९७ हजार ६०८ जना, भक्तपुरमा ८ हजार ९१८ जना र ललितपुरमा १५ हजार ३३० जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, १६:४६