काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १ हजार ९१२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा १ हजार ५६७ जना, भक्तपुरमा १२२ जना र ललितपुरमा २२३ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १३ गते सोमबार, १९:१९