काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १ हजार ९६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा १ हजार ६०२ जना, भक्तपुरमा १२४ जना र ललितपुरमा २४० जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, १७:५१