भक्तपुरः भक्तपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–४ चित्रपुर बस्ने ५० वर्षीय साने राजथला रहेका छन् ।
राजथलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल चैत २६ गते बिहीबार, १६:०८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook