काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १४६ जना महिला र १९३ पुरुष गरी कूल ३३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २८९ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ३०६ जना, भक्तपुरमा ७८ जना र ललितपुरमा ८६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १३ हजार ३२१, भक्तपुरमा १ हजार १३५ र ललितपुरमा २ हजार ७९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ६५ हजार ३१२ जना, भक्तपुरमा ५ हजार ९२९ जना र ललितपुरमा ९ हजार २५२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ७८ हजार ९३९ जना, भक्तपुरमा ७ हजार १४२जना र ललितपुरमा ११ हजार ४७१ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर २ मंगलबार, १६:५४