काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ७८१ जना महिला र १ हजार १०७ पुरुष गरी कूल १ हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २१२ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार २४२, भक्तपुरमा १ हजार १६५ र ललितपुरमा २ हजार ३४५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ४४ हजार २८८ जना, भक्तपुरमा ४ हजार ४२२ जना र ललितपुरमा ६ हजार १९६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ६० हजार ७४२ जना, भक्तपुरमा ५ हजार ६५० जना र ललितपुरमा ८ हजार ५९९ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १४ शुक्रबार, १७:२३