काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २ हजार ९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २ हजार ९५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा २ हजार ४०४ जना, भक्तपुरमा १३३ जना र ललितपुरमा ४१९ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १७ गते शुक्रबार, १६:४७