भक्तपुरः १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम भुमे गाउँपालिका–१ घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेसी बस्ने ३५ वर्षीय जब्बर खड्का रहेको प्रहरीले जनाएको छ ।

खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपाल इन्जनियरिङ कलेजको टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, असार ७, २०७७, १९:००