काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल १३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ९८ जना, भक्तपुरमा १३ जना र ललितपुरमा २६ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल चैत २३ गते सोमबार, २०:३८