काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ९० जना महिला र ११७ पुरुष गरी कूल २०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १७१ जना, भक्तपुरमा १३ जना र ललितपुरमा २३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४७७ जना, भक्तपुरमा ११० जना र ललितपुरमा १५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४०६ जना, भक्तपुरमा १३७ जना र ललितपुरमा ३०१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९५ हजार ५६४ जना, भक्तपुरमा ८ हजार ७६५ जना र ललितपुरमा १५ हजार ५३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९८ हजार ४४७ जना, भक्तपुरमा ९ हजार १२ जना र ललितपुरमा १५ हजार ५०५ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस २४ गते शुक्रबार, १७:५९