काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६०१ जना महिला र ७९७ पुरुष गरी कूल १ हजार ३९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार ९१ जना, भक्तपुरमा १४७ जना र ललितपुरमा १६० जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २५९ जना, भक्तपुरमा ६९ जना र ललितपुरमा ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार ३३१, भक्तपुरमा १ हजार २४८ र ललितपुरमा २ हजार २७६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ५१ हजार ८५९ जना, भक्तपुरमा ४ हजार ९१५ जना र ललितपुरमा ७ हजार ३२२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ६८ हजार ४४९ जना, भक्तपुरमा ६ हजार २३२ जना र ललितपुरमा ९ हजार ६६३ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, १६:५७