काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ७२ जना महिला र ९५ पुरुष गरी कूल १६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १३४ जना, भक्तपुरमा १५ जना र ललितपुरमा १८ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४७३ जना, भक्तपुरमा १०५ जना र ललितपुरमा १४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८३९, भक्तपुरमा १७१ र ललितपुरमा ३४८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९४ हजार १२ जना, भक्तपुरमा ८ हजार ६२६ जना र ललितपुरमा १४ हजार ७८५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९७ हजार ३२४ जना, भक्तपुरमा ८ हजार ९०२ जना र ललितपुरमा १५ हजार २७९ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस १७ गते शुक्रबार, १९:१४