काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ६२९ जना महिला र ९०६ पुरुष गरी कूल १ हजार ५३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १ हजार २२५ जना, भक्तपुरमा १६३ जना तथा ललितपुरमा १४७ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा १९३ जना, भक्तपुरमा ५६ जना र ललितपुरमा ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १९ हजार ८२६, भक्तपुरमा १४९४ र ललितपुरमा २४३० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ३६ हजार २८३ जना, भक्तपुरमा ३ हजार ७६३ जना र ललितपुरमा ५ हजार ३९९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, १६:४३