
भक्तपुरः सूर्यविनायक नगरपालिका–१० चित्तापोलस्थित एक रिसोर्टमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने २७ वर्षीय टिका राज कटुवाल रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
ती किशोरीलाई कटुवालले बलात्कार गरेको भन्ने पीडित बालिकाको आफन्तले प्रहरी वृत जगातीमा दिएको जाहेरी दरखास्तको आधारमा उनलाई कानून बमोजिम पक्राउ गरेको परिसरका नि. सूचना अधिकारी प्रहरी निरीक्षक लोक बहादुर जि.सी.ले जानकारी दिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७९ साल असार २७ गते सोमबार, १३:२५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook