काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ७३ जना महिला र १२५ जना पुरुष गरी कूल १९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा १४६ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ३६ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४९० जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार २०१ जना, भक्तपुरमा ४६ जना र ललितपुरमा २३१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९७ हजार ८०३ जना, भक्तपुरमा ८ हजार ९९८ जना र ललितपुरमा १५ हजार ४८२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख ४९४ जना, भक्तपुरमा ९ हजार १५७ जना र ललितपुरमा १५ हजार ८७१ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ ८ गते बिहीबार, २०:२६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook