काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ११७ जना महिला र १५० पुरुष गरी कूल २६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २०९ जना, भक्तपुरमा १६ जना र ललितपुरमा ४२ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४६० जना, भक्तपुरमा ९८ जना र ललितपुरमा १४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार १४, भक्तपुरमा १८७ र ललितपुरमा ४३९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९२ हजार ६०५ जना, भक्तपुरमा ८ हजार ४९० जना र ललितपुरमा १४ हजार ४५७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९६ हजार ७९ जना, भक्तपुरमा ८ हजार ७७५ जना र ललितपुरमा १५ हजार ४१ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल पुस ११ गते शनिबार, १६:२५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook