काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ९१ जना महिला र १०३ पुरुष गरी कूल १९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १५३ जना, भक्तपुरमा १८ जना र ललितपुरमा २३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४७९ जना, भक्तपुरमा ११० जना र ललितपुरमा १५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार २३३ जना, भक्तपुरमा १३३ जना र ललितपुरमा २७२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९५ हजार ८८८ जना, भक्तपुरमा ८ हजार ७८७ जना र ललितपुरमा १५ हजार १०५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९८ हजार ६०० जना, भक्तपुरमा ९ हजार ३० जना र ललितपुरमा १५ हजार ५२८ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस २५ गते शनिबार, १६:३१