काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १०० जना महिला र १४४ पुरुष गरी कूल २४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १९९ जना, भक्तपुरमा १८ जना र ललितपुरमा २७ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४५७ जना, भक्तपुरमा ९८ जना र ललितपुरमा १४३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार १५३, भक्तपुरमा २२७ र ललितपुरमा ४९१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९२ हजार ४८ जना, भक्तपुरमा ८ हजार ४१४ जना र ललितपुरमा १४ हजार ३१८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९५ हजार ६५८ जना, भक्तपुरमा ८ हजार ७३९ जना र ललितपुरमा १४ हजार ९५२ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस ९ गते बिहीबार, १७:५५