काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा २८६ जना, भक्तपुरमा १९ जना र ललितपुरमा ४३ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख ३ गते शुक्रबार, १७:१८