काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ११० जना महिला र १३६ जना पुरुष गरी कूल २४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १८९ जना, भक्तपुरमा १९ जना र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४८३ जना, भक्तपुरमा १११ जना र ललितपुरमा १५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३०५ जना, भक्तपुरमा १०२ जना र ललितपुरमा २९० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९६ हजार ५५१ जना, भक्तपुरमा ८ हजार ८६९ जना र ललितपुरमा १५ हजार २४० जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९९ हजार ३३९ जना, भक्तपुरमा ९ हजार ८२ जना र ललितपुरमा १५ हजार ६८२ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस २९ गते बुधबार, १७:३५