काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १०३ जना महिला र १७८ पुरुष गरी कूल २८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २२४ जना, भक्तपुरमा १९ जना र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४५३ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७५६, भक्तपुरमा २६१ र ललितपुरमा ६६६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९० हजार २८६ जना, भक्तपुरमा ८ हजार २५९ जना र ललितपुरमा १३ हजार ९५३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९४ हजार ४९५ जना, भक्तपुरमा ८ हजार ६१७ जना र ललितपुरमा १४ हजार ७६१ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस ४ गते शनिबार, १७:०८