काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १७ जना महिला र १४ जना पुरुष गरी कूल ३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २४ जना, भक्तपुरमा १ जना र ललितपुरमा ६ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ५०१ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९९५ जना, भक्तपुरमा १७ जना र ललितपुरमा ३१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ५७२ जना, भक्तपुरमा ९ हजार १३३ जना र ललितपुरमा १५ हजार ९४५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख २ हजार ६८ जना, भक्तपुरमा ९ हजार २६२ जना र ललितपुरमा १६ हजार १४१ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, १६:५०