काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २० जना, भक्तपुरमा १ जना र ललितपुरमा ६ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल फागुन १८ गते मंगलबार, १८:४०