काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १७ जना महिला र १६ जना पुरुष गरी कूल ३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २५ जना, भक्तपुरमा १ जना र ललितपुरमा ७ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ५०१ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४५ जना, भक्तपुरमा १८ जना र ललितपुरमा २७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ४५४ जना, भक्तपुरमा ९ हजार १२६ जना र ललितपुरमा १५ हजार ९३३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख २ हजार जना, भक्तपुरमा ९ हजार २५८ जना र ललितपुरमा १६ हजार १२३ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ २९ गते बिहीबार, १७:३४