काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ११५ जना महिला र १६४ पुरुष गरी कूल २७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २१२ जना, भक्तपुरमा २० जना र ललितपुरमा ४७ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४५९ जना, भक्तपुरमा ९८ जना र ललितपुरमा १४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ११६, भक्तपुरमा २१३ र ललितपुरमा ४८४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९२ हजार २९५ जना, भक्तपुरमा ८ हजार ४४८ जना र ललितपुरमा १४ हजार ३७१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९५ हजार ८७० जना, भक्तपुरमा ८ हजार ७५९ जना र ललितपुरमा १४ हजार ९९९ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १६:३६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook