काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १६३ जना महिला र २२८ पुरुष गरी कूल ३९१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २९४ जना, भक्तपुरमा २० जना र ललितपुरमा ७७ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४५० जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार १६७, भक्तपुरमा ३५१ र ललितपुरमा ७६२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८९ हजार १७९ जना, भक्तपुरमा ८ हजार १०० जना र ललितपुरमा १३ हजार ६९९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९३ हजार ७९६ जना, भक्तपुरमा ८ हजार ५४८ जना र ललितपुरमा १४ हजार ५९८ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस १ गते बुधबार, १६:३८