काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १३० जना महिला र १८१ पुरुष गरी कूल ३११ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २३५ जना, भक्तपुरमा २१ जना र ललितपुरमा ५५ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४५४ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ४४८, भक्तपुरमा २४४ र ललितपुरमा ६२८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९१ हजार ७ जना, भक्तपुरमा ८ हजार ३२३ जना र ललितपुरमा १४ हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९४ हजार ९०९ जना, भक्तपुरमा ८ हजार ६६४ जना र ललितपुरमा १४ हजार ८४९ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल पुस ६ गते सोमबार, १६:५९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook