काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १५६ जना महिला र २४२ पुरुष गरी कूल ३९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ३२४ जना, भक्तपुरमा २२ जना र ललितपुरमा ५२ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४६९ जना, भक्तपुरमा १०० जना र ललितपुरमा १४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९४२, भक्तपुरमा १६५ र ललितपुरमा ३६४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९३ हजार ३७४ जना, भक्तपुरमा ८ हजार ५६० जना र ललितपुरमा १४ हजार ६५९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९६ हजार ७८५ जना, भक्तपुरमा ८ हजार ८२५ जना र ललितपुरमा १५ हजार १६९ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, १७:४१