काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १११ जना महिला र १६७ पुरुष गरी कूल २७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा २०७ जना, भक्तपुरमा २२ जना र ललितपुरमा ४९ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४६६ जना, भक्तपुरमा ९८ जना र ललितपुरमा १४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८२३, भक्तपुरमा १५४ र ललितपुरमा ३८९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९३ हजार १७२ जना, भक्तपुरमा ८ हजार ५५१ जना र ललितपुरमा १४ हजार ५८३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९६ हजार ४६१ जना, भक्तपुरमा ८ हजार ८०३ जना र ललितपुरमा १५ हजार ११७ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल पुस १३ गते सोमबार, १७:३४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook