काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा १ हजार ४६४ जना, भक्तपुरमा २३२ जना र ललितपुरमा ३५१ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, १७:०३