काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १६० जना महिला र २०५ पुरुष गरी कूल ३६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ३०० जना, भक्तपुरमा २३ जना र ललितपुरमा ४२ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४५४ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ३४६, भक्तपुरमा २३३ र ललितपुरमा ५६५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९१ हजार ४०९ जना, भक्तपुरमा ८ हजार ३५७ जना र ललितपुरमा १४ हजार १८४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९५ हजार २०९ जना, भक्तपुरमा ८ हजार ६८७ जना र ललितपुरमा १४ हजार ८९१ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस ७ गते मंगलबार, १६:३८