काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ८२ जना महिला र १०३ पुरुष गरी कूल १८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १४० जना, भक्तपुरमा २४ जना र ललितपुरमा २१ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४७५ जना, भक्तपुरमा १०७ जना र ललितपुरमा १४७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ५१२ जना, भक्तपुरमा १३४ जना र ललितपुरमा ३१६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९४ हजार ७६१ जना, भक्तपुरमा ८ हजार ७०१ जना र ललितपुरमा १४ हजार ८८८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९७ हजार ७४८ जना, भक्तपुरमा ८ हजार ९४२ जना र ललितपुरमा १५ हजार ३५१ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, १७:१६