काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ७२ जना महिला र १६१ पुरुष गरी कूल २३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १५९ जना, भक्तपुरमा २४ जना र ललितपुरमा ५० जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४७६ जना, भक्तपुरमा १०९ जना र ललितपुरमा १४८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४२० जना, भक्तपुरमा १२८ जना र ललितपुरमा ३२९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९५ हजार १८२ जना, भक्तपुरमा ८ हजार ७३७ जना र ललितपुरमा १४ हजार ९७७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९८ हजार ७८ जना, भक्तपुरमा ८ हजार ९७४ जना र ललितपुरमा १५ हजार ४५४ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस २२ गते बुधबार, १६:५०