काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १०३ जना महिला र १४४ पुरुष गरी कूल २४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा १८० जना, भक्तपुरमा २४ जना र ललितपुरमा ४३ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४७० जना, भक्तपुरमा १०४ जना र ललितपुरमा १४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९४३, भक्तपुरमा १८३ र ललितपुरमा ३८५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९३ हजार ७७७ जना, भक्तपुरमा ८ हजार ६०५ जना र ललितपुरमा १४ हजार ७३० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९७ हजार १९० जना, भक्तपुरमा ८ हजार ८८७ जना र ललितपुरमा १५ हजार २६१ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल पुस १६ गते बिहीबार, १८:३१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook