काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १४० जना महिला र १९८ पुरुष गरी कूल ३४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २५८ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६५ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४४३ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार २४५, भक्तपुरमा ३५० र ललितपुरमा ८५७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८८ हजार २५८ जना, भक्तपुरमा ८ हजार ५ जना र ललितपुरमा १३ हजार ३९२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९२ हजार ९४६ जना, भक्तपुरमा ८ हजार ४५२ जना र ललितपुरमा १४ हजार ३८२ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर २८ गते आइतबार, १६:५९