काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १६० जना महिला र २४४ पुरुष गरी कूल ४०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ३२८ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ५१ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४३२ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १२९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ७४५, भक्तपुरमा ४१२ र ललितपुरमा ९५० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८६ हजार ७२८ जना, भक्तपुरमा ७ हजार ८५२ जना र ललितपुरमा १३ हजार ६४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९१ हजार ९०५ जना, भक्तपुरमा ८ हजार ३६१ जना र ललितपुरमा १४ हजार १४३ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर २५ गते बिहीबार, १७:४८