काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १०० जना महिला र १३८ पुरुष गरी कूल २३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १७९ जना, भक्तपुरमा २६ जना र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४५४ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ५४१, भक्तपुरमा २४८ र ललितपुरमा ६२४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९० हजार ६७९ जना, भक्तपुरमा ८ हजार २९८ जना र ललितपुरमा १४ हजार २८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९४ हजार ६७४ जना, भक्तपुरमा ८ हजार ६४३ जना र ललितपुरमा १४ हजार ७९४ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल पुस ५ गते आइतबार, १६:३९