काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ८८ जना महिला र १३० जना पुरुष गरी कूल २१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा १५९ जना, भक्तपुरमा २७ जना र ललितपुरमा ३२ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४८९ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार १९३ जना, भक्तपुरमा ६२ जना र ललितपुरमा २१० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९७ हजार ५५० जना, भक्तपुरमा ८ हजार ९६३ जना र ललितपुरमा १५ हजार ४४१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख २३२ जना, भक्तपुरमा ९ हजार १३८ जना र ललितपुरमा १५ हजार ८०९ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल माघ ६ गते मंगलबार, १९:४३