काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ३६८ जना महिला र ४७५ पुरुष गरी कूल ८४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ६९६ जना, भक्तपुरमा २९ जना तथा ललितपुरमा ११८ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा २०२ जना, भक्तपुरमा ५९ जना र ललितपुरमा ५८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १६ हजार २०१, भक्तपुरमा १ हजार ७९ र ललितपुरमा २ हजार ३९८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ४१ हजार ४९३ जना, भक्तपुरमा ४ हजार २८४ जना र ललितपुरमा ५ हजार ७१४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।



प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, १६:३७