काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ६६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा ५५ जना, भक्तपुरमा २ जना र ललितपुरमा ९ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल चैत १३ गते शुक्रबार, १९:४२