काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २५ जना महिला र ३३ जना पुरुष गरी कूल ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ४५ जना, भक्तपुरमा २ जना र ललितपुरमा ११ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ५०० जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७३ जना, भक्तपुरमा १५ जना र ललितपुरमा ३२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख २८० जना, भक्तपुरमा ९ हजार ११६ जना र ललितपुरमा १५ हजार ९११ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख १ हजार ८५३ जना, भक्तपुरमा ९ हजार २४६ जना र ललितपुरमा १६ हजार १०५ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ २६ गते सोमबार, १८:०१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook