काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २९ जना महिला र ३२ जना पुरुष गरी कूल ६१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ४७ जना, भक्तपुरमा २ जना र ललितपुरमा १२ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ५०१ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार जना, भक्तपुरमा १४ जना र ललितपुरमा ४० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ६१४ जना, भक्तपुरमा ९ हजार १३५ जना र ललितपुरमा १५ हजार ९५० जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा १ लाख २ हजार ११५ जना, भक्तपुरमा ९ हजार २६४ जना र ललितपुरमा १६ हजार १५३ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन २ गते आइतबार, १९:२८