काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १८ जना महिला र ३१ जना पुरुष गरी कूल ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ३६ जना, भक्तपुरमा २ जना र ललितपुरमा ११ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ५०४ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९२९ जना, भक्तपुरमा १९ जना र ललितपुरमा ३२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा १ लाख ९६० जना, भक्तपुरमा ९ हजार १५८ जना र ललितपुरमा १६ हजार १० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख २ हजार ३९३ जना, भक्तपुरमा ९ हजार २९२ जना र ललितपुरमा १६ हजार २०६ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल फागुन ९ गते आइतबार, १८:२९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook