काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज २८ जना महिला र ४० जना पुरुष गरी कूल ६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ६० जना, भक्तपुरमा २ जना र ललितपुरमा ६ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४९९ जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५२६ जना, भक्तपुरमा १४ जना र ललितपुरमा ९४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९९ हजार ४१७ जना, भक्तपुरमा ९ हजार ८८ जना र ललितपुरमा १५ हजार ७७१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा १ लाख १ हजार ४४२ जना, भक्तपुरमा ९ हजार २१७ जना र ललितपुरमा १६ हजार २५ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल माघ १८ गते आइतबार, १६:४२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook