काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १८८ जना महिला र २५४ पुरुष गरी कूल ४४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ३४४ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ६७ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ४१४ जना, भक्तपुरमा ९६ जना र ललितपुरमा १२४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार ७४, भक्तपुरमा ४४४ र ललितपुरमा १ हजार ४० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८५ हजार २८४ जना, भक्तपुरमा ७ हजार ६८८ जना र ललितपुरमा १२ हजार ७४० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
।
हालसम्म काठमाडौंमा ९० हजार ७७२ जना, भक्तपुरमा ८ हजार २२८ जना र ललितपुरमा १३ हजार ९०४ जना कोरोना संक्रमित रहेका छन् ।
प्रकाशित मितिः २०७७ साल मंसिर २२ सोमबार, १६:५२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook