काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १९६ जना महिला र २८६ पुरुष गरी कूल ४८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ३८१ जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ६९ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४४१ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ५२०, भक्तपुरमा ३८३ र ललितपुरमा ९२७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८७ हजार ७२७ जना, भक्तपुरमा ७ हजार ९४७ जना र ललितपुरमा १३ हजार ३१७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९२ हजार ६८८ जना, भक्तपुरमा ८ हजार ४२७ जना र ललितपुरमा १४ हजार ३१७ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर २७ गते शनिबार, १८:३७