भक्तपुरः ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर थिमि नगरपालिका–३ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–१० घर भएका ५१ वर्षीय भरत बोहोरालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले रामेछाप मन्थलीबाट उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ११ गते आइतबार, १२:२७