भक्तपुरः शक्तिशाली भूकम्प गएको पाँच बर्ष बितिसक्दा पनि भक्तपुरको निजी आवास पुनर्निर्माण भने सोचे जस्तो गति लिन सकिरहेको छैन् । पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार भक्तपुरमा अहिले सम्म ३४ प्रतिशत मात्र निजी आवास पुनर्निर्माण भएको छ ।

भक्तपुरमा भूकम्पबाट प्रभावित २९ हजार २ सय ४४ लाभग्राहीले अुनदान सम्झौता गरेका छन । उनीहरुमध्ये २४ हजार ७ सय २४ परिवारले प्रथम किस्ता लिएका छन भने १० हजार ६ सय ८१ लाभग्राहीले दोस्रो किस्ता प्राप्त गरेका छन । त्यसैगरि निर्माण सम्पन्न गरि तेस्रो किस्ता प्राप्त गर्नेको संख्या भने १० हजार ८५ रहेका छन ।

धेरैको अन्य स्थानमा वैकल्पिक बसोबास भएका कारणले पनि निजी आवास पुनर्निर्माणले गति लिन नसकेको पुनर्निर्माण प्राधिकरण भक्तपुरको सुचना व्यवस्थापन अधिकृत भोजराज भट्टले जानकारी दिए ।


भक्तपुरमा घरको साँध सिमाना विवाद सम्वन्धी मुद्दा मामिला, बहुस्वामित्व घरायसी झगडा , बाटोको मापदण्ड, स्विकृत नक्सा अनुसार घर नबन्दा पनि लाभग्राहिले दोस्रो र तेस्रो किस्ता पाउन नसक्दा पुननिर्माण प्रभावित हुने पुगेको प्राधिरणको भनाई छ । यसैगरी अर्का मुख्य समस्याका रुपमा आर्थिक अभाव रहेको कारणले पनि धेरै लाभग्राहीले घर निर्माण नगरेको प्राधिकरणले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, वैशाख १३, ०९:५४