काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १४२ जना महिला र १९१ पुरुष गरी कूल ३३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २४६ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ जनामा संक्रमण देखिएको हो ।

यसैगरी, हालसम्म काठमाडौंमा ४४६ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ४८८, भक्तपुरमा ३५० र ललितपुरमा ८२९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ८८ हजार २५८ जना, भक्तपुरमा ८ हजार ३१ जना र ललितपुरमा १३ हजार ४७२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।


हालसम्म काठमाडौंमा ९३ हजार १९२ जना, भक्तपुरमा ८ हजार ४८६ जना र ललितपुरमा १४ हजार ४३५ जना कोरोना संक्रमित रहेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर २९ गते सोमबार, १७:०७